बिहीबार, चैत ६, २०८१

भरतपुरमा एक कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ जेठ २७ गते ९:०४

चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको मंगलबार विहान मृत्यु भएको हो ।

Advertisement

ती वृद्धमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

प्रतिक्रिया