संसदको कार्यसूचीसँग समय जुधेको भन्दै नेकपा सचिवालय बैठक स्थगित
नेपालखोज
२०७७ जेठ २७ गते १३:१९
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
एमसीसीबारे छलफल गर्न आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सो बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।
संसदको कार्यसूचीसँग समय जुधेका कारण आजको सचिवालय बैठक स्थगित गरिएको महासचिव पौडेलले बताए ।
सम्बन्धित
प्रतिक्रिया