अमेरिकाद्वारा कोरोनाविरुद्ध लड्न नेपाललाई ३० लाख डलर सहयोग
काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका अमेरिकाले नेपाललाई ३० लाख डलर सहयोग गरेको छ ।
अमेरिकी राजदूत र्याण्डी बेरीले कर्णाली प्रदेश तथा प्रदेश ५ मा स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने कार्यमा सहयोग गर्नका लागि अमेरिकी जनताले नेपाल सरकारलाई सहयोग गरेको बताएका छन् ।
राजदूत बेरीकाअनुसार पछिल्लो योगदानसँगै नेपाल सरकारको कोरोना भाइरसविरुद्धको प्रतिकार्यको सहयोगार्थ युएसएआईडीको अतिरिक्त आर्थिक सहयोग ७३ लाख डलर पुगेको छ । गत चैतमा व्यक्तिगत सुरक्षा उपकरण आपूर्तिका रुपमा सुरु भएको उक्त सहयोग यस रोगविरुद्धको लडाइँका लागि अझै सारभूत सहयोगका रुपमा वृद्धि भइरहेको राजदूत बेरीले बताए ।
‘यो अतिरिक्त सहयोग हामीद्वारा यसअघि प्रदान गरिएको १८ लाख डलर जसले परीक्षण, सम्पर्क खोजतलास, स्वास्थ्य तयारी र सामुदायिक शिक्षालाई मद्धत गरेको थियो’, उनले भने । त्यस्तै राजदूत बेरीले कोरोना भाइरसको दोस्रो तहको आर्थिक सामाजिक प्रभावको प्रतिकार्यका लागि २५ लाख डलर थप सहयोग गरेको जानकारी दिए ।
प्रतिक्रिया