सुरक्षामा खटिएका दुई महिला प्रहरीमा कोरोना पुष्टि
नेपालखोज
२०७७ जेठ २७ गते १४:१०
महेन्द्रनगर । कञ्चनपुरमा दुई महिला प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महेन्द्रनगरको वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइन सुरक्षामा खटिएका २ महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइन सुरक्षामा खटिएका प्रहरीमा नै कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइन सील गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी गराएका छन् ।
हालसम्म कञ्चनपुरमा दुई जना स्वास्थ्यकर्मी र तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिसकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया