सोमबार, वैशाख १५, २०८२

कोरोनाबाट नेपालमा थप एक व्यक्तिको मृत्यु, मृतकको संख्या १५ पुग्यो

नेपालखोज २०७७ जेठ २७ गते १७:१२

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती पुरुषमा हिजो कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

सोही दिन उनलाई नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आईसीयूमा रिफर गरिएको थियो । ज्वरो, मधुमेह र उच्च रक्तचापका बिरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया