राष्ट्र बैंकद्वारा एक हप्ताका लागि रिभर्स रिपो जारी
नेपालखोज
२०७७ जेठ २८ गते १४:३३
काठमाडौं । केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । यसमा आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो । रिभर्स रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यो रिपो असार ३ गते परिपक्क हुनेछ ।
बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया