चार्टर्ड उडानको नाममा चर्को भाडा लिएको पाइएपछि छानबिन समिती गठन
काठमाडौँ । ट्राभल एजेन्सीहरुले उडान अनुमती नलिई चार्टर्ड फ्लाइटको नाममा चर्को भाडा लिएको पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिती गठन गरेको छ।
मंगलबार एक ट्राभल एजेन्सीले जापानको नारिता उडानका लागि उडान अनुमती नलिई यात्रुलाई त्रिभुवन विमानस्थल पुर्याएको थियो। सोसाइटी ट्राभल एजेन्सीले यात्रुसँग महँगो भाडा लिएको र यसमा चार्टर्ड गरिएको नेपाल एयरलाइन्सको भूमिका समेत शंकास्पद देखिएको थियो। नारिता उड्नुभन्दा केही घण्टा अघिसम्म नेपाल एयरलाइन्सले उडान अनुमति पाएको थिएन्।
तर नारिता जान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुले विरोध गरेपछि नागरिक उड्ड्यन प्राधिकरण उडान अनुमति दिन बाध्य बनेको थियो। नेपाल एयरलाइन्स राति ९ बजे २ सय ६० जना यात्रु लिएर नारिता उडेको थियो।
मनलाग्दी भाडा लिएर चार्टर्ड फ्लाइट गरेको पाइएपछि प्राधिकरणले कूटनीतिक माध्यमबाट भएका बाहेकका चार्टर्ड फ्लाइटमा प्रतिबन्ध लगाएको थियो। विमान चार्डर्ट गर्दा पूर्व स्विकृती र यात्रुहरुसँग लिइने भाडासमेत खुलाएर निवेदन दिनुपर्ने व्यवस्था छ।
प्रतिक्रिया