सरकारद्वारा रोकिएको सामाजिक सुरक्षा भत्ता दिन परिपत्र
नेपालखोज
२०७७ जेठ २८ गते १९:१४
काठमाडौँ । सरकारले रोकिएको सामाजिक सुरक्षा भत्ता दिन परिपत्र गरेको छ । ६० वर्ष मुनिका एकल महिला (विधवा) र अति अशक्त (ख वर्ग) का अपांगता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्।
यसअघि तेस्रो चौमासिक चैत महीनादेखि लागू हुने गरी ती दुई समूहलाई सामाजिक सुरक्षा भत्ता नदिने गरी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई परिपत्र गरेको थियो।
तर मन्त्रिपरिषदको २२ जेठको निर्णयअनुसार कोभिड १९ महामारीको अवस्थालाई मध्यनजर गर्दै ६० वर्ष नपुगेका एकल महिला र अति अशक्त अपांगतालाई यसअघि प्रदान गर्ने गरिएको मासिक भत्ता क्रमशः रु. २००० र रु.१६०० प्रदान गर्न भन्दै विभागले आज पत्राचार गरेको हो।
सम्बन्धित
प्रतिक्रिया