शुक्रबार, जेठ ३, २०८२

उपत्यकामा अ‌ाजदेखि जोर विजोर प्रणाली लागू

नेपालखोज २०७७ जेठ ३० गते १३:१६

काठमाडौं। काठमाडौँमा अ‌ाजदेखि जोर विजोर प्रणाली लागू भएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार शुक्रबारदेखि जोर विजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ आजदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने विज्ञप्ति जारी गर्दै उल्लेख गरेका हुन् ।

उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू हुने जनाइएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालकाअनुसार शुक्रबारदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र सञ्चालन गर्न पाईने बताएका छन् । उनले नयाँ व्यवस्थाअनुसार ४ पाङ्गे सवारीमा चालकसहित ३ जना, २ पाङ्गे सवारी (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाईने छ ।

जोर विजोर प्रणालीमा जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी चलाउन पाइने महाशाखाले जनाएको छ । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ ।

प्रतिक्रिया