आइतबार, चैत ९, २०८१

सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने माग गर्दै युवाद्वारा बसन्तपुरमा प्रदर्शन

नेपालखोज २०७७ जेठ ३० गते १३:२८

काठमाडौं । सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार बसन्तपुरमा प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

Advertisement

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ । त्यस्तै भोली माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् । यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो ।

प्रतिक्रिया