शनिबार, जेठ ४, २०८२

राजा त्रिभुवनकी छोरी नलिनीको ९५ वर्षको उमेरमा निधन

नेपालखोज २०७७ जेठ ३० गते १४:२२

काठमाडौँ । राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको पारिवारिक स्रोतकाअनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहले उनको निधन भएको पुष्टि गरेकी छन्।

राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो। उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो। त्यसपछि उनी भारतमै बस्दै आएकी हुन्।
उनका दुई छोरा र तीन छोरी छन्।

प्रतिक्रिया