कोरोना : आजै थपिए ४ सय ४८ जना, संक्रमितको संख्या ५ हजार ६२
नेपालखोज
२०७७ जेठ ३० गते १६:३२
काठमाडौँ । आज फेरि थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गराएको जानकारी अनुसार नेपालमा आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै कुल संख्या पुगेको हो।
यीमध्ये १६ जनाको मृत्यु भएको छ । आज मृतकको संख्या १ जनाले थपिएर १६ पुगेको हो । ८७७ जना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेमा ७८६ जना पुरुष र ९१ जना महिला छन्।
सम्बन्धित
प्रतिक्रिया