मंगलबार, माघ १, २०८१

प्रदेश २ मा चौबीस घण्टामा २०४ जना नयाँ संक्रमित थपिए

नेपालखोज २०७७ जेठ ३० गते १६:५३

जनकपुर । प्रदेश २ मा शुक्रबार थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा २०४ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो ।

Advertisement

यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार ८०६ पुगेको छ । शुक्रबार सबैभन्दा बढी रौतहटमा नयाँ संक्रमण देखिएको छ ।

शुक्रबार मात्रै नयाँ ८६ जना संक्रमित देखिएको रौतहटमा कुल संक्रमितको संख्या ५८० पुगेको छ । सर्लाहीमा नयाँ ५७ जनामा कोरोना संक्रमण देखिएको छ । सर्लाहीमा कुल संक्रमितको संख्या ४७१ पुगेको छ ।

प्रतिक्रिया