कालिकोटमा क्वारेन्टाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई
कालिकोट । पछिल्लो समय भारतबाट आएका नागरिक यहाँका क्वारेन्टाइनमा भरिभराउ भएपछि क्वारेन्टाइनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
क्वारेन्टाइनमा भरिभराउ नागरिक भएर उनीहरुको सुरक्षा गर्न नेपाल प्रहरी र जनप्रतिनिधिलाई नियन्त्रण गर्न हम्यहम्य भएपछि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ । क्वारेन्टाइनमा बसकेमा नागरिकहरको सुरक्षाको लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।
रोजगारीको शिलशिलामा भारतमा गएका नेपालीहरु कोरोना त्रासले धमाधम घर फर्किन थालेपछि यहाँका क्वारेन्टाइन भरिभराउ भई स्थानिय सरकारले नियन्त्रण गर्न नसक्ने हुँदा यहाँका मुख्य तिन वटावटा स्थानिय तहका क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षा दिइरहेको सेनानी उत्तम कटुवालले जानकारी दिए ।
यस्तै रास्कोट नगरपालिकाको वडा र्न ७ को क्वारेन्टाइन, तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकास्थित तिलाकर्णाली क्याम्पसको क्वारेन्टाइन गरी जिल्लाका तिन वटा क्वारेन्टाइनको सुरक्षा सेनाले गरिरहेको सेनानी कटुवालले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टाइनको व्यवस्थापनमा सानोदेखि ठुलोसम्मका कामहरुमा आफुहरुले सघाएको बताउँदै थप विपतमा सहायताा होस् भनी सेना खटाएको बताए ।
प्रतिक्रिया