कोरोना : भारतमा संक्रमितको संख्या तीन लाख नाघ्यो
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । विश्वमा तीन लाखभन्दा बढी संक्रमित हुने भारत चौँथो देश बनेको छ ।
त्यहाँ अहिलेसम्म तीन लाख नौ हजार ६०३ जना संक्रमित फेला परेका छन् । एक लाख ५४ हजार २३१ जना निको भएका छन् । उपचाररत संक्रमितको संख्या एक लाख ४६ हजार ४८२ छ । सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् ।
उक्त राज्यमा मात्र एक लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् । भारतमा अहिलेसम्म आठ हजार ८९० जनाको मृत्यु भएको छ । तीन दिनदेखि प्रत्येक दिन १० हजारभन्दा माथि नयाँ संक्रमित फेला परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले तीव्र संक्रमण फैलिरहेको देशमध्ये भारत पनि अगाडि रहेको जनाएको छ ।
भारतबाहेक रुस, ब्राजिल र अमेरिकामा बढी संक्रमित छन् । संक्रमितको संख्या रुसमा पाँच लाखमाथि, ब्राजिलमा आठ लाखमाथि र अमेरिकामा २१ लाखमाथि पुगिसकेको छ ।
प्रतिक्रिया