आइतबार, जेठ १९, २०८२

सांसद सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपाद्वारा संसदीय दलको बैठक आवाहन

नेपालखोज २०७७ जेठ ३१ गते ८:२९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधनको पक्षमा भए पनि पार्टीकी एक सांसद सरिता गिरी त्यसको विपक्षमा उभिएपछि त्यसबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।

नेपालको नयाँ नक्सा संविधान र निशान छापमा समावेश गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएको छ। उक्त प्रस्ताव आज संसदबाट पारित गर्ने कार्यसूची छ।

तर, जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन्। समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् ।

प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने चेतावनी पनि पार्टीले गिरीलाई दिएको छ।

प्रतिक्रिया