शनिबार, जेठ ४, २०८२

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९७ पुग्यो

नेपालखोज २०७७ जेठ ३१ गते ९:४८

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ९७ पुगेको छ। पर्वको कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षीयबालक र १७ वर्षीया किशोरीमा संक्रमण देखिएको हो।

उनीहरु दुवै कुश्मा नगरपालिकाकै हुन्। त्यहीँकै क्वारेन्टाइनमा रहेका जलजला गाउँपालिकाका वर्ष १७ वर्षीय किशोर र महाशिला गाउँपालिकाका १६ वर्षीय किशोरमा पनि संक्रमण देखिएको छ।

उनीहरुलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भइरहेको छ । साथै, गण्डकीकै नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिकामा क्वारेन्टाइनमा रहेका ४५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको छ्र उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया