शुक्रबार, जेठ ३, २०८२

संबिधान संशोधन बिधेयक सर्वसम्मतिले पारित

नेपालखोज २०७७ जेठ ३१ गते १८:२५

काठमाडौं । संबिधान संशोधन बिधेयक सर्वसम्मतीबाट अनुमोदन भएको छ । भारतद्वारा अतिक्रमित भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नेपाली भूभागमा नेपालको नक्सामा समेटेर नेपालको निशाना छापमा समेत राख्ने गरि संबिधान संशोधन प्रस्ताव दुई तिहाई भन्दा बढी मतले अनुमोदन भएको छ ।

आजको संघीय संसद बैठकमा उपस्थित कूल २५८ सांसदहरुले संविधान संशोधानको पक्षमा मतदान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका सांसदहरुले सर्वसम्मत संबिधान संशोधनको पक्षमा मतदान गरेको थिए ।

आज नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुलाई संबिधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थिए ।

यस्तै जनता समाजवादी पार्टीले पनि संबिधान संशोधन बिधेयकको पक्षमा मतदान गर्न सबै सांसदलाई निर्देशन दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै सांसदले स्वत सरकारले प्रस्तुत गरेको संबिधान संशोधनको पक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया