सोमबार, चैत ३, २०८१

नेपालमा कोरोनाका कारण थप एकको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि गर्न बाँकी

नेपालखोज २०७७ जेठ ३२ गते ७:३६

गुल्मी । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीमा एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा मृतकको संरखया १९ पुगेको छ ।

Advertisement

गुल्मीको धुर्कोट गाउँपालिकाका २७ वर्षका एक युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । उनी क्यान्सरबाट पनि पीडित रहेको र उनको तमघासमा रहेको आइसोलेसनमा उपचार हुँदै गर्दा मृत्यु भएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी छ ।

योसँगै कोरोनाका कारण मात्रै गुल्मीमा दुई जनाले ज्यान गुमाएका छन् । यसअघि त्यहाँका एक ४६ वर्षीय शिक्षकको पनि कोरोनाका कारण बुटवलमा निधन भएको थियो ।

प्रतिक्रिया