संविधान संशोधन विधेयक माथिल्लो सदनमा पेश हुँदै
नेपालखोज
२०७७ जेठ ३२ गते १०:२२
काठमाडौँ । प्रतिनिधिसभाबाट पारित भएको संविधान संशोधन विधेयक आज माथिल्लो सदन राष्ट्रियसभामा पेश हुँदैछ ।
हिजो प्रनिनिधिसभाले सर्वसम्मत्तरुपमा पारित गरेको विधेयकको त्यस सम्बन्धी सूचनासहित आज राष्ट्रियसभामा पेश हुन लागेको हो । राष्ट्रियसभाको बैठक बिहान ११ बजेपछि बस्नेछ ।
प्रतिनिधिसभाबाट सूचनासहित आएको विधेयकमाथि आज नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी रहेको छ ।
७२ घण्टाको समय सकिए पछि राष्ट्रियसभाले पनि तुरुन्तै विधेयक पारित गर्ने तयारी गरिएको सत्तापक्षका राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए । राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया