बिहीबार, जेठ २, २०८२

विप्लवद्वारा वर्तमान सरकारको प्रशंसा

नेपालखोज २०७७ जेठ ३२ गते १३:०५

काठमाडौं । प्रतिवन्धित विप्लवले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रशंसा गरेको छ । सरकारले शनिबार लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर जारी गरेको नयाँ नक्सालाई संविधानको अंग बनाउन संविधान संशोधन गरेको थियो ।

जसको प्रशंसा गर्दै प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ,’ विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं, विज्ञाप्तीमा भनिएको छ।’

जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन सुझाव दिएका उनले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया