आइतबार, माघ १३, २०८१

कोरोना : कर्णालीमा थप ५२ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ३२ गते १४:५५

सुर्खेत । कर्णाली प्रदेशमा आज आइतबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखमा ३७ जना र सुर्खेतमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये नौमुले गाउँपालिका वडा नं १ मा १३ जना, वडा नं २ मा ४ जना, वडा नं ३ मा ३ जना, वडा नं ५ र ६ मा २ जना वडा नं ७ मा ६ जना वडा नं ८ मा एकजना महिलासहित ५ जना र नारायण नगरपालिका वडा नं २ मा २ जना छन् ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा १ जना, गुर्भाकोट नगरपालिका वडा नं ५ मा २ जना, वडा नं ११ मा १ जना, वडा नं १२ मा ३ जना, वडा नं १४ मा २ जना छन् । त्यस्तै लेखबेशी नगरपालिका वडा नं २ मा १ जना, पञ्चपुरी नगरपालिका वडा नं १ मा २ जना, वडा नं २ मा २, ६ र ७ मा १,१ जना रहेका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय ६७ पुगेको छ । त्यस्तै आज नै जिल्ला अस्पताल दैलेखबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया