अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक फेरिए, अखण्ड भण्डारीलाई जिम्मेवारी
काठमाडौं । अन्नपूर्ण मिडियो नेटवर्कद्धारा प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकको प्रधानसम्पादकमा अखण्ड भण्डारी नियुक्त भएका छन् । प्रधानसम्पादक हरिबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै सो दैनिकको सम्पादकीय नेतृत्व भण्डारीलाई दिएको हो ।
अन्नपूर्ण पोष्टका दैनिक भित्रको राजनीतिक खिचातानीको चर्चा विगत एक हप्तादेखि निकै नै चलेको थियो । निवर्तमान प्रधानसम्पादक थापाले आफू कार्यरत संस्था अन्नपूर्ण पोष्ट भित्रको गोप्य कुराहरु बाहिरी सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको आरोप लागे लगतै उनले राजीनामा दिएका थिए । गुट उत्पादन गर्ने थलोका रुपमा र बढी राजनीतिक हावी भएकै कारण बेला बेलामा अन्नपूर्ण पोष्टमा विवाद हुँदै आएको थियो ।
लकडाउनका समयमा पनि थापाले संस्थाको हित विपरित कार्य गरेको व्यवस्थापन सम्वद्ध केही व्यक्तिले आरोप लगाएको थिए भने थापाले पनि आफू निकट केही सञ्चार माध्यमहरुका समाचार लेखाउने काम गरेका थिए । त्यसकै कारण आइतबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भण्डारीलाई सम्पादकीय नेतृत्व प्रदान गरेका हुन्। सम्पादक भण्डारीलाई सम्पादकीय नेतृत्व प्रदान गर्दै अध्यक्ष थापाले सफल कार्यकालको शुभकामना दिए।
प्रतिक्रिया