शुक्रबार, असार २०, २०८२

क्वारेनटाइनमा पनि सुरक्षित रहेनन् महिला, कैलालीमा महिलामाथि सामूहिक बलात्कारको प्रयास !

नेपालखोज २०७७ जेठ ३२ गते २०:२६

मीना साउँद,
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ पूर्वलम्कीमा क्वारेनटाइनमै बसेकी महिला माथि सामूहिक बलात्कारको प्रयास भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यामिक विद्यालयमा रहेकी एक जना महिलाले आफु माथि सामूहिक बलत्कार भएको बताएकी छन् ।

ती महिलाले आफुमाथि गएराती सवा १२ बजे क्वारेनटाइनमा खटिएका एक स्वास्थ्यकर्मी र दुईजना सहयोगीले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । जबर्जस्ती करणी गरेको अभियोगमा लम्की चुहा १ का १७ वर्षिय सर्जन बिक, २० वर्षिया लक्ष्मण परियार र २२ वर्षिया किसोर परियार पक्राउ परेका छन् । तिनै जनालाई इलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ ।

अहिले ती महिलाको स्वास्थ्य चेकजाँच भइरहेको छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आइसके पछि घटनाबारे थप भन्न सकिने र अहिले घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय लम्कीका प्रहरी प्रमुख ज्ञानेन्द्र चन्दले बताए ।

ती महिला यही जेष्ठ २० गते गौरीफन्टा नाकाबाट आएर लम्कीमा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेनटाइनमा बस्दै आएकी थिइन् ।

यस्तै क्वारेनटाइनैमै बसेकी महिला माथि बलात्कार भएको भन्दै घटनाका दोषिमाथि कारबाहीको माग गर्दै स्थानियले आज लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् । लम्की चौराह चोकजाम गर्दै उनिहरुले विरोध गरेका हुन् ।

आक्रोशित भिडले लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयसमेत घेराउ गरेका छन् । वडा कार्यलय घेराउ गर्ने क्रममा वडा कार्यलयमा कार्यरत एकजना कर्मचारीसमेत घाइते भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया