बिहीबार, जेठ २, २०८२

मुलुकको अर्थतन्त्र धरासयी बन्दै गयो : बाबुराम भट्टराई

नेपालखोज २०७७ असार १ गते १३:१४

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अर्थतन्त्र धरासयी बन्दै गएको बताएका छन् । कोरोना महामारीले मुलुकको अर्थतन्त्र थप संकटतर्फ धकेलिएको बताए ।

आज गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले अर्थमन्त्रीको आलोचनासमेत गरे । अर्थमन्त्री युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको बताएको भोलिपल्ट पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधि सभाको हिजो बसेको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै सरकारलाई आर्थिक समस्या परिरहेको बताएका थिए ।

प्रतिक्रिया