विप्लवका कार्यकर्ताहरु ठमेलबाट पक्राउ
नेपालखोज
२०७७ असार १ गते १३:५९
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा प्रदर्शनको तयारी गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठनका नेताहरु पक्राउ परेका छन् ।
काठमाडौँको ठमेलमा प्रदर्शनको तयारी गरेका विप्लव नेकपाका विद्यार्थी नेता गोविन्द विष्टसहित पाँचजनालाई प्रहरीले आज पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी वृत्त टेकु लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया