सुबिसु केबलनेटद्वारा अनलाइन कक्षा सुरु
काठमाडौँ । नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले आजदेखि अनलाई कक्षा सुरु गरेको छ ।
करिब तिन महिनादेखि जारी लकडाउनका कारण पढाइ प्रभावित भएका विद्यार्थीहरुको पढाइमा अवरोध नहोस भन्नका लागि क्लियर टिभी सेवामा ई- कक्षा प्रसारण सुरु गरेको छ ।
ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई उपयोगी मुलक शैक्षिक सेवा दिनका लागि डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समाबेस गरि च्यानलको प्रसारण सुरु गरिएको हो ।
उक्त कक्षामा विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, गणित र नेपाली विषयको पाठ्यक्रम समावेश गरिएको छ । ई-कक्षा संचालन हुने समय सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि राखिएको छ ।
बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्नुहुने जनाएको छ ।
प्रतिक्रिया