हिरासतमा एक व्यक्तिको प्रहरीले हत्या गरेको दावी, दोषिमाथी कारवाहीको माग गर्दै विरोधमा प्रदर्शन
नेपालखोज
२०७७ असार १ गते १७:५८
धनुषा । धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको दाबी गर्दै आज सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ ।
महिलाहरुको उल्लेख्य सहभागितामा नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा मुसहर समुदाय घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गर्दै सडकमा उत्रिएका हुन् ।
धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया