बिहीबार, माघ १०, २०८१

मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु

नेपालखोज २०७७ असार २ गते ११:२७

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

हेटौँडा– १० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया