नेपालमा हालसम्म ११५८ जनाले कोरोना जिते
काठमाडौँ । नेपालमा हालसम्म ११५८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएसंगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा निको हुने ११७ जना हुने मध्ये १०९ पुरुष र ८ महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन्।
यस्तै आइसोलेशन सेन्टर बाँकेबाट १० जना, आइसोलेशन सेन्टर सहपुर्वा बाँकेबाट ७ जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट ५ जना डिस्चार्ज भएका छन्। नारायणी अस्पताल वीरगञ्जबाट ३ जना डिस्चार्ज भएका छन्। भीम अस्पताल भैरहवाबाट २६ जना डिस्चार्ज भएका छन्।
कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना डिस्चार्ज भएका छन् भने कालिकोटबाट २४ जना डिस्चार्ज भएका छन्। दुल्लु अस्पताल दैलेखबाट ७ जना डिस्चार्ज भएका छन्। तार्ताङ आइसोलेसन सेन्टर दैलेखबाट १ जना डिस्चार्ज भएका छन् भने प्रादेशिक अस्पताल सुर्खेतबाट २ जना डिस्चार्ज भएका छन्।
प्रतिक्रिया