धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्मा पेश
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्मा पेश गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा धानको सर्मथन मूल्य मन्त्रिपरिषद्मा पेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७—७८ का लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य मन्त्रिपरिषद्मा पेस गरिएको मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको जनाइएको छ ।
कृषिले आव २०७६—७७ को तुलनामा आगामी आर्थिक वर्षलाई मोटा धान प्रतिक्विन्टल २०३ र मध्यम धान २१२ रुपैयाँ बढाएर मूल्य प्रस्ताव गरेको हो । यसअघि असारे धान बाली भित्र्याउने बेलामा मात्रै धानको समर्थन मूल्य तोक्ने प्रचलन थियो ।
प्रतिक्रिया