डीएसपी कुमुद ढुंगेललाई साधारण तारेखमा रिहा गर्न आदेश
नेपालखोज
२०७७ असार २ गते २०:०२
काठमाडौँ । डीएसपी कुमुद ढुंगेललाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग टेलिफोन सम्पर्क देखिए पछि उनी निलम्बनमा परेका थिए ।
सर्वोच्चको आदेशसँगै उनी नियमित काममा फर्किन पाउने भएका छन् । २०७५ चैत २६ गते लालेन्द्र शेरचनको काठमाडौंस्थित घरमा लुटपाट भएको थियो । आज अदालतमा डीएसपी ढुंगेल उपस्थित भएपछि सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
चोरीको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका विकास श्रेष्ठसँग फोन सम्पर्क भएको देखिएपछि ढुंगेललाई निलम्बन गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया