गुन्डा नाइके गिरिको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा सुरु
नेपालखोज
२०७७ असार २ गते २०:०७
काठमाडौँ । अवैध आर्जनबाट सम्पत्ति आर्जन गरेको आरोप लागेका गुन्डा नाइके अभिषेक गिरिको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुरु भएको छ।
विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले अनुमति दिएको हो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै प्रत्यक्षी झिकाउने आदेश पनि दिएको छ।
योसँगै अब सर्वोच्चमा उनको मुद्दामा बहश हुनेछ। गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ दिएको थियो। विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दाबी गरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया