शुक्रबार, वैशाख १४, २०८१

प्रिमियर लिगका खेलहरु आजबाट सुरु हुँदै, यस्तो छ खेल तालिका !

नेपालखोज २०७७ असार ३ गते १४:१४

काठमाडौँ । कोरोना भाइरसको महामारीपछि रोकिएको इंग्लीश प्रिमियर लिग फुटबलका खेलहरु आजबाट सुचारु हुँदैछन् ।

गत मार्चबाट रोकिएको प्रिमियर लिगका खेलहरु आज रातिबाट दर्शक बिनाको रंगशालामा हुनेछ । पहिलो खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाईटेडसँग खेल्दा दोस्रो खेलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी र आर्सनल भिड्नेछन् ।

प्रिमियर लिगको जारी सिजनमा कुल ९२ खेल हुन बाँकी छ । लिगमा २९ खेलबाट ८२ अंक जोडेको लिभरपुल उपाधिभन्दा दुई जित मात्रै टाढा छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ । यो सिजनका प्रिमियर लिगका खेलहरु जुलाई २६ तारिखमा सकाईनेछ । -एजेन्सी

प्रतिक्रिया