बिहीबार, वैशाख १३, २०८१

जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई

नेपालखोज २०७७ असार ३ गते १२:५७

काठमाडौँ । यस सिजनको जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखले जितेको छ । लगातार आठौं पटक उपाधि जित्ने क्रममा बायर्नले गएराति वेडर ब्रेमेनलाई १–० ले हरायो ।

ब्रेमेनको मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको बार्यनका लागि रोबेर्ट लेवान्डोस्कीको निर्णायक गोल गरे ।

पछिल्ला आठ सिजन लगातार उपाधि जित्न सफल बार्यनले लिगमा दुई खेल अगाडी नै उपाधि पक्का गर्दा बोरुसिया डर्टमण्ड दोस्रो स्थानमा रहने सम्भावना उच्च बनेको छ ।

यता ब्रेमेनलाई भने गएरातिको हारले रेलिगेसनमा पर्ने खतरा झनै बढेको छ । बार्यनको ३२ खेलमा ७६ अंक छ भने दोस्रो स्थानका डर्टमण्डको ३१ खेलमा ६६ अंक छ ।

१८ टोली सहभागी जर्मन लिगमा एक टोलीले सिजनमा ३४ खेल खेल्छन् । -एजेन्सी

प्रतिक्रिया