नेपालमा हालसम्म १ हजार १ सय ६७ जनाले कोरोना जिते
नेपालखोज
२०७७ असार ३ गते १७:१८
काठमाडौँ । आज थप ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि निको भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।
अहिलेसम्म एक लाख २५ हजार ७ सय ९८ वटा पीसीआर परीक्षण भएका छन् । एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ९ सय ९० जना आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया