कोरोना रोकथामको विषयलाई लिएर कांग्रेसको दबाब
काठमडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणलाई लिएर सरकारमाथि दबाब बढाएको छ ।
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई ध्यानाकर्षण गराएको भोलिपल्ट कांग्रेसले प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले दर्ता गराएको ध्यानाकर्षण पत्रमा सरकार संवेदनशील नभएकाले संसदले चासो राख्नुपर्ने उल्लेख छ ।
कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टिनको उपयुक्त व्यवस्थापन गर्न, अस्पताल केन्द्रित तयार गर्न र विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न समयमै ध्यानाकर्षण गराए पनि सरकारको नसुनेको भन्दै उनीहरुले जनस्वास्थ्यमाथि खेलबाड हुनुका साथै राज्यस्रोतको दुरुपयोग भएको दाबी गरेका छन् ।
अब संसदमा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने भन्दै कांग्रेस सांसदहरुरुले दर्ता गरेको ध्यानाकर्षण पत्रमा १० वटा बुँदा अगाडि सारेका छन् ।
प्रतिक्रिया