अछाममा एकै दिन २९ जनामा कोरोना संक्रमण पुष्टि
अछाम । अछाममा एक दुई वर्षीया बालिकासहित आज एकै दिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुका मेल्लेख गाउँपालिका–४ कुष्कोटमा एकै वडामा २३ जना छन् ।
जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले दिएको जानकारी अनुसार मेल्लेख गाउँँपालिकाका २७, ३६, ३०, ३१, २१, २१, २५, १५, २०, २५, १२, २४, २७, २३ र ३२ वर्षीया पुरुषहरु संक्रमित छन् ।
त्यस्तै मेल्लेखकै ४५, २५, २६, २४, २४, २८, २३ वर्षीया महिला र २ वर्षीया बालिका पनि संक्रमित छन् । यस्तै साँफेबगर नगरपालिका ११ देवीस्थानमा २६ र २९ वर्षीया पुरुष र २३ वर्षीया महिलासहित तीन जना, वडा नं.१२ खप्तडका २१ वर्षिय पुरुष र २६ वर्षीया महिला गरि दुई जना र वडा नं. ५ नवाठानामा एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
योसँगै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ । जसमध्ये ७ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया