शनिबार, जेठ ४, २०८२

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

नेपालखोज २०७७ असार ४ गते १३:१९

काठमाडौँ । संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्म पारित भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्। मतदानमा ५७ जना सहभागी थिए। सबैले पक्षमा मतदान गरेका थिए। ५८ सदस्यीय सभामा अध्यक्षले भने मतदान गर्न पाउँदैनन्।
कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल भएको थियो ।

प्रतिक्रिया