शनिबार, वैशाख १५, २०८१

भारत र चीनका विदेशमन्त्रीको टेलिफोन वार्तामा यस्तो भयो छलफल !

नेपालखोज २०७७ असार ४ गते १३:५१

काठमाडौँ । भारत र चीनबीच संवाद भएको छ । सीमा क्षेत्रमा दुई देशका सेनाबीच भएको भिडन्तपछि बुधबार भारत र चीनका विदेश मन्त्रीले टेलिफोनमा कुरा गरेका हुन् ।

दुबै देश विवादको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको चिनियाँ विदेश मन्त्री वाङ यीलाई उधृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

दुई देशका विदेशमन्त्रीबीच सोमबार राती भएको भिडन्तका दोषीलाई कारबाही हुनुपर्ने र दुई देशका सरकारबीच भएको सहमति भारतीय सेनाले पालना गर्नुपर्ने माग चीनले राखेको समाचारमा उल्लेख छ ।

चीनले भारतलाई आफ्ना अग्रपंक्तिका सेनालाई नियन्त्रण गर्न आग्रह गरेको बताउँदै आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको जनाएको छ ।

सोमबार लद्दाखको सिमावर्ती क्षेत्रमा दुई देशका सैनिकबीच भिडन्त हुँदा भारतका एक कर्णेलसहित २० सैनिक मारिएका थिए । चीनले भने आफ्नो क्षतिबारे केही खुलाएको छैन । -एजेन्सी

प्रतिक्रिया