सोमबार, चैत ३, २०८१

कोरोनाबाट आज थप २ जनाको मृत्यु, नेपालमा मृतकको संख्या २२ पुग्यो

नेपालखोज २०७७ असार ४ गते १६:५२

काठमाडौँ । नेपालमा कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना सुदुरपश्चिमको कैलाली जिल्लाका रहेका छन् ।

Advertisement

कैलालीको लम्किचुहा नगरपालिका २ का ४३ बर्षिय महिला तथा गोदावरी नगरपालिकाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो । गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो । उनको असार २ गते नै निधन भएको जनाइएको छ ।

प्रतिक्रिया