शुक्रबार, चैत १६, २०८०

वरिष्ठता मिचेर कनिष्ठलाई डिन बनाएको विरोधमा आइओएममा ताला

नेपालखोज २०७७ असार ४ गते २०:१०

काठमाडौँ । वरिष्ठता मिचेर कनिष्ठलाई डिन बनाएको विरोधमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले ताला लगाएको छ ।

विद्यार्थी संगठनले आज संस्थानमा ताला लगाएका हुन् । हिजो त्रीवी कार्यकारी परिषदले त्रीवी शिक्षण अस्पतालकी प्रा. डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको थियो ।

शाह प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सकसमेत हुन्। कनिष्ठ भएपनि शाहलाई प्रधानमन्त्रीको जोडबलमा डिन बनाएको विद्यार्थीको आरोप छ ।

डिन सर्च कमिटीले हिजो नै शाहसहित तीन जनाको नाम त्रीवीलाई दिएको थियो । विद्यार्थीले यसअघि पनि त्रीवी पदाधिकारीलाई भेटेर वरिष्ठताको आधारमा डिन नियुक्त गर्न माग गरेका थिए ।

प्रतिक्रिया