बिहीबार, जेठ ९, २०८२

विदेशमा मृत्यु भएका नेपालीको शव काठमाडौँमा

नेपालखोज २०७७ असार ५ गते १४:३१

काठमाडौँ । विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौँ ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा शुक्रबार अवतरण गरेको हो ।

यी शवहरु ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया