बिहीबार, वैशाख ६, २०८१

चीनसँगको व्यापारिक सम्बन्ध बिच्छेद गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

नेपालखोज २०७७ असार ५ गते १४:३७

काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार सम्बन्धी बिच्छेद गर्ने पुनः दोहोर्‍याएका छन् ।

अमेरिका र चीनका शीर्ष कुटनीतिज्ञहरुले वार्ता गरेलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

पूर्वी एसियाका लागि शीर्ष अमेरिकी कुटनीतिज्ञले दुई महिनाअघि गरेको वार्ता सकारात्मक नभएपछि दुई देशबीचको टकराव पुन एक पटक सतहमा आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले अमेरिकाको व्यापार घाटालाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्दै आएको आरोप लगाएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा व्यापार घाटा कम गर्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य चुनावी एजेण्डा रहेको बताइएको छ ।

गत वर्षको अन्त्यमा चीनबाट सुरु भएको कोरोनाको महामारी पछि चीन विरुद्ध अमेरिकाले खुलेर विरोध गर्दै आएको छ ।

कोरोनाको संक्रमण र त्यसको क्षतिबारे चीन पारदर्शी नभएको भन्दै अमेरिकाले बारम्बार आलोचना गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले पनि चीनकै पक्ष लिएको भन्दै उसलाई दिने सहयोग अमेरिकाले यसअघि नै कटौती भएको घोषणा गरिसकेको छ ।

यता चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गर्ने विषयमा पनि अमेरिकाले आपत्ति जनाएपछि दुवै देशको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको थियो । एजेन्सी

प्रतिक्रिया