शुक्रबार, जेठ ३, २०८२

कोरोना : आजै थपिए ४ सय २६ जना संक्रमित

नेपालखोज २०७७ असार ५ गते १७:०२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४२६ जना कोरोना संक्रमित थप भएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

आज ९शुक्रबार० २१६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ हजार ४०२ पुगेको छ।

नेपालमा आजसम्म १ लाख ६१ हजार ७४९ नमुनाहरु पीसीआर विधिबाट परीक्षण गरिएका छन्।

आज नेपालमा कुल १ लाख ९ हजार ४६१ जना क्वारेन्टिनमा छन् भने ६ हजार ८५० जना संक्रमितहरु आइसोलेसनमा छन्।

प्रतिक्रिया