बुधबार, वैशाख १२, २०८१

लगानी बोर्ड नेपालद्वारा सीईओको लागि आवेदन खुला

नेपालखोज २०७७ असार ६ गते १२:३९

काठमाडौँ । लगानी बोर्ड नेपालले प्रमुख कार्यकारी अधिकृत सीईओको लागि आवेदन खुला गरेको छ । बोर्डका सीईओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि बोर्ड सीईओबिहीन अवस्थामा छ ।

बोर्डले सूचना निकालेर प्रतिष्पर्धात्मक ढंगले सीईओ नियुक्ती हुने भएकाले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७५ मा उल्लेख भएका व्यक्तिले मात्रै सीईओ पदको लागि आवेदन दिन पाउनेछन् ।

आवेदनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससँग सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ६५ वर्ष ननाघेकोले मात्रै आवेदन दिन पाउने बताइएको छ ।

प्रतिक्रिया