शनिबार, जेठ ११, २०८२

राष्ट्रिय कविता महोत्सव स्थगन

नेपालखोज २०७७ असार ६ गते १७:२३

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागिएको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानले एक सूचना प्रकाशित गर्दै ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरिएको जनाएको हो ।

जारी सूचनामा ‘कविता महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता कम्प्युटर टाइप गरी २०७७ जेठ २५ गतेसम्म प्रतिष्ठानमा आइपुग्ने गरी पठाउन अनुरोध गरिएकोमा सूचनाबमोजिम प्राप्त कविताहरूलाई एकत्रित गरेर गोप्य लाहाछापसहित खामबन्दी गरी सुरक्षित राखिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले ‘कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्व जानकारी सार्वजनिक सूचनामार्फत गराइने’ बताए ।

प्रतिक्रिया