शनिबार, वैशाख ८, २०८१

सुख प्राप्तीको लागि आज आइतबार सुर्यदेवको दर्शन गर्नुहोस ।। तपाईको आजको भाग्य हेर्नुहोस ।।

नेपालखोज २०७७ असार ७ गते ६:०२

आज ०७ आषाढ २०७७ आइतवार को राशिफल

मेष
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ ।

मिथुन
साथीको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

तुला
धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।

धनु
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

कुम्भ
भाग्योदय हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।

बृष
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।

कर्कट
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

बृश्चिक
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मकर
आज छोटो दुरीको लाभदायी यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मीन
कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया