शुक्रबार, चैत १६, २०८०

प्रिमियर लिग : आज म्यान्चेस्टर युनाइटेड र बर्नलीबीच खेल हुने !

नेपालखोज २०७७ असार ८ गते १४:१५

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आजराति एक खेल हुँदैछ । खेल म्यान्चेस्टर युनाइटेड र बर्नलीबीच राति पौने १२ बजे हुनेछ । यस्तै लिग अन्तर्गत नै गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ। उसको बराबरीसँगै उपाधि यात्रा लम्बिएको छ।

गएरातिको खेलमा जित हात परेको भए उसलाई लिग विजेता बन्न अब एक जित पर्याप्त थियो। तर एभर्टोनसँग बराबरीमै रोकिएपछि उसलाई फेरि २ जित आवश्यक परेको छ।

एभर्टोनको मैदान गोडिसन पार्कमा सम्पन्न प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा रोकिएको थियो।

बरबरीसँगै लिभरपुलको ८३ अंक छ। यता दोस्रो स्थानको म्यान्चेस्टर सिटीको भने ६० अंक मात्र छ। सिटीको ९ खेल बाँकी रहँदा लिभरपुललाई जितका लागि ५ अंक आवश्यक छ।

चेल्सीको जित

गएराति नै सम्पन्न अर्को खेलमा चेल्सीले घरेलु टिम एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हराएको छ। भिल्ला पार्क रंगशालामा सम्पन्न खेलमा जितका लागि क्रिस्टियन पुलिसिक र ओलिभर गिरोर्डले गोल गरे।

पहिलो हाफमा एक गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्दै जित आफ्नो पोल्टामा परेको थियो। यता एस्टोन भिल्लाका कोतर्ने हाउसीले ४३ औं मिनेटमा सुरुवाती अग्रता बनाएका थिए। यद्यपी एस्टोन भिल्लाले सुरुवाती अग्रता जोगाउन सकेन।

दोस्रो हाफको ६० औं र ६२ औं मिनेटमा चेल्सीका पुलिसिक र जिराउड गोल गर्दै एस्टोन भिल्लाको अग्रता खोसेका थिए।

जितसँगै चेल्सी आफ्नो खातामा ५१ अंक बनाएर चौथो स्थानमा कायम छ। उसले ३० खेलमा १५ जित र ६ बराबरीका साथ ५१ अंक बनाएको हो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा न्युकासलले सेफिल्ड युनाइटेडलाई ३–० गोलले हराएको छ। एजेन्सी

प्रतिक्रिया