मंगलबार, वैशाख ४, २०८१

अफगानिस्तानमा स्वास्थ्य संस्थामा भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा भर्त्सना

नेपालखोज २०७७ असार ८ गते १४:४०

काठमाडौँ । संयुक्त राष्ट्रसंघले कोरोना महामारी नियन्त्रणका लागि खटिएका अफगानिस्तनका स्वास्थ्यकर्मीविरुद्ध निरन्तर आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

राष्ट्रसंघले विज्ञप्ती जारी गरेर महामारी नियन्त्रणका लागि निरन्तर खटिएका स्वास्थ्यकर्मीको सरकारी सेना र विद्रोही तालिवानीहरु आक्रमण गरेको भन्दै निन्दा गरेको हो । अफगानिस्तानमा जारी हिंसामा सरकारी सेना र विद्रोही तालिवानीहरुले महामारी नियन्त्रणमा असहयोग गरेको राष्ट्रसंघको ठहर छ ।

विद्रोहीको आक्रमणका कारण अस्पतालिमा उपचार गराइरहेका २४ जना सुत्केरी महिला र नर्सको मृत्यु भएको थियो । राजधानी काबुलमा रहेको अस्पतालमा आक्रमण हुँदा नवजात शिशु, सुत्केरी महिला र नर्सहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा हालसम्म २९ हजार भन्दा बढी संक्रमित फेला परेका छन् भने ५८१ जनाको मृत्यु भइसकेको छ ।

गत मार्चमा २ लाख भन्दा बढी अफगानीहरु छिमेकी देशहरुबाट फर्किइपछि महामारीको संख्या बढेको बताइएको छ ।

यता सेभ द चिल्ड्रेनले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोनाको महामारीसँगै खाद्यान्नको मूल्य वृद्धि हुँदा लाखौं बालबालिका भोकमरीको शिकार हुनसक्ने चेतावनी दिइएको छ । एजेन्सी

प्रतिक्रिया